सधैंका लागि कप्तान बन्छु भनेर आएको होइन : ज्ञानेन्द्र मल्ल


२० पुष २०७८, मंगलवार
gyanendra2021 06 24 09 15 36

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैँभरि कप्तान बन्छु भनेर नआएको बताएका छन् । पूर्व कप्तान समेत रहेका मल्लले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको स्पष्ट पारेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यासका क्रममा सञ्चारकर्मीसँग बोल्दै मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए । आत्मसम्मानका हिसाबले अलि अप्ठ्यारो महसुस भएको भन्दै उनले देश, आफ्नो र परिवारका लागि खेल्ने बताए ।

मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चार खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको जानकारी दिए ।
सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७