उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन


२० पुष २०७८, मंगलवार
ukhu kisan 1

काठमडौं । उखुको भुक्तानी तत्काल दिनमा लागि विभिन्न पाँच उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार भएको छ ।
सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको बताए ।

हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् भने ५ वटाले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ । समयमै भुक्तानी नदिने यी कम्पनीको बैंक खाता रोक्नका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पचात्रार गरिएको सचिव भट्टराईले बताए । उखु किसानलाई समयमै भुक्तानी उपलब्ध गराउनका लागि मन्त्रालयले उखु उत्पादकलाई पटक पटक अनुरोध गरीरहेको सचिव भट्टराईले बताए ।

राजस्व सचिव कृष्णहरि पुस्करले किसानलाई सरकारले दिने अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत कृषककै खातामा जाने व्यवस्था मिलाइएको बताए । उखुमा लागेको भ्याट न्यूनिकरणका लागि छलफल हुँदै आए पनि हुन नसकेको भन्दै उखु किसानसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताए ।

समिति बैठकमै कृषी सचिव गोविन्द शर्माले ९९ प्रतिशत कृषकलाई अनुदान बापतको रकम वितरण गरिसकेको जानकारी दिँदै उखुको समर्थन मुल्य छिट्टै तोकिने जानकारी दिनुभयो । लेखा समिति बैठकमा सांसदहरुले उखु किसानको भुक्तानी समयमै उपलब्ध गराउनका लागि सहजीकरण गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७