सांसद मोदीको चेतावनी : सरकारले तत्काल उखु किसानहरुको बक्यौता भुक्तानी नगरे अनसन बस्छु


२० पुष २०७८, मंगलवार
thumb 1 2

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)क ा सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

सांसद मोदीले उखु किसानहरुले पटक-पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अब आफैं आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाड्ने अठोट समेत व्यक्त गरे । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैंले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए । सांसद मोदीले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको समेत दाबी गरे ।

बैठकमा बोल्दै नेपाली कााग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए । उनले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । नेकपा (माओवादी केन्द्र) की अर्का सांसद धर्मशीला चापागााईले समितिले पटक पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको ? भनि पटकप टक प्रश्न समेत गरिन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताए । करिब १ अर्ब ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिब ८ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७