फाइजर खोपमा प्रयोग हुने साढे ६ लाख सिरिन्ज आइपुग्यो


२० पुष २०७८, मंगलवार
Siring1616380263

काठमाडौं । कोभिड-१९ विरुद्धको फाइजर खोप दिनका लागि प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको छ । कतार एयरलाइन्सको नियमित उडानमार्फत् आज दिउँसो सिरिन्ज नेपाल आइपुगेको हो ।

फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप पाउन सकेका थिएनन् ।
सिरिन्ज आएपछि केही दिनभित्रै ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७