विल्सन विक्रम राईले ल्याए ‘आलु मीठो उसिनेको’


२१ पुष २०७८, बुधबार
aalu motho usineko Kh9D9n3pC0

काठमाडौं । हाँस्य कलाकार विल्सन विक्रम राईले स्वास्नीपीडित बुढाको कथा समेटेर नयाँ म्युजिक भिडियो ‘आलु मीठो उसिनेको’ ल्याएका छन् ।
हाँस्य शैलीमा तयार पारिएको यो गीतमा श्रीमतीबाट पीडित श्रीमानको कथा देखाउने प्रयास गरिएको छ । सार्वजनिक गीत विल्सन आफैंले लेखेका हुन् । स्वर र संगीत पनि विल्सनकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पनि विल्सन आफैं देखिएका छन् ।

भिडियोमा भने उनलाई लुक्छना राई, विशाल लिम्बू, रचना रिमाललगायतले अभिनयमा साथ दिएका छन् । विल्सनले नै निर्देशन गरेको भिडियो विक्रम डिसीले छायांकन गरेका हुन् । भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७