चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ हुँदै


२१ पुष २०७८, बुधबार
sovraj

काठमाडौं । कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेसी तोकिएको हो ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् । उनलाई श्रृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७