दोहोरो अंकले घट्यो शेयर बजार, साढे ४ अर्बको कारोबार


२१ पुष २०७८, बुधबार
share

काठमाडौं । साताको शुरुवाती तीन कारोबार दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्सेमा आज चौथो कारोबार दिन भने दोहोरो अंकले घटेको छ । शुरुवाती तिन दिनमा नै १५४.५ अंकले बढेको नेप्सेमा आज ३०.७५ अंकको गिरावट हुँदा २६४९.२० अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्से १.१५ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक २.२१ प्रतिशत, विकास बैंक उपसूचक १.७१ प्रतिशत, व्यापार उपसूचक १.७४ प्रतिशत र लघुवित्त उपसूचक पनि २.१ प्रतिशतले घटेको छ ।

यता हाइड्रोपावर उपसूचक ०.४९ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.१ प्रतिशतले बढेको छ । बजार परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने साढे ४ अर्ब माथि रहेको छ । आज नेप्सेमा ९६५ लाख, ५९ हजार ४२९ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९९ हजारको कारोबार भएको छ । कारोबार रकममा शिवम् सिमेन्टले लिड गरेको छ । कम्पनीको करिब १९ करोडको कारोबार हुँदा अपी पावर कम्पनीको करिब १७ करोड, अपर तामाकोशीको १४ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबारमा आएकोमा ५२ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १३४ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको स्थिर रहेको छ । आज कारोबार भएकोमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि हुँदा छ्याङदी हाइड्रोपावरको ५.४९ प्रतिशत र तेह्रथुम पावरको ५.४० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७