घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२२ पुष २०७८, बिहीबार
gold

काठमाडौं । सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९२ हजार ३०० तोकिएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७