काजकिस्तानमा मूल्य वृद्धिविरुद्ध उग्र प्रदर्शन, हजार बढी प्रदर्शनकारी घाइते, दर्जनौं मारिएको दाबी


२२ पुष २०७८, बिहीबार
Kazakistan1 20220106090932

काठमाडौं । काजकिस्तानको सुरक्षा बलले सरकारविरोधी दर्जनौं प्रर्दशनकारी मारेको दाबी गरेको छ । इन्धनको मुल्यवृद्धिविरुद्ध बुधबार राती जारी प्रदर्शनमा दर्जनौं सरकारविरोधी उग्र प्रदर्शनकारी मारेको दाबी गरेको हो ।

बुधबार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडपमा परी सुरक्षा बलका ८ सदस्य मारिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बुधबार राती अल्माटी सहरमा भएको प्रदर्शनमा प्रहरीद्वारा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएको र अन्य एक हजार प्रदर्शनकारी घाइते भएको समेत प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

काजकिस्तानमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको दोब्बर मुल्य वृद्धि भएको भन्दै आइतबारदेखि राजधानीलगायतका सहरमा हजारौं मानिसले सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए । त्यसयता निरन्तर प्रदर्शन उग्र बनेको र मंगलबार काजकिस्तानका प्रधानमन्त्री र उनको मन्त्रीमण्डलले राजीनामा दिएको थियो ।

बुधबारदेखि सो प्रदर्शन हिंसामा परिणत भएको र देशभर अशान्ति छाएको बताइएको छ । इनधनको मुल्य वृद्धिको विरोधमा देशभर अशान्ति छाएपछि काजकिस्तानका राष्ट्रपति कास्सिम जोमार्ट तोकायिभले रुससँग सहयोग मागेका थिए । राष्ट्रपतिको सो अपिलपछि रुसी नेतृत्वको सैन्य फौज मद्दतका लागि काजकिस्तान पुगिरहेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ । तेलको धनीको रुपमा चिनिने मध्य एसियाली मुलुक काजकिस्तानमा केहि दिनयता अशान्ति छाइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७