नतिजा प्रकाशन गर्न माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन


२२ पुष २०७८, बिहीबार
loksewa pradesan

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको लोकसेवा आयोग परिसरमा प्रदर्शन भएको छ । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् ।

आयोगका अध्यक्ष माधबप्रसाद रेग्मीको राजीनामा माग गर्दै विहीबार अपरान्ह उनीहरुले प्रदर्शन गरेका हुन् । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुको मुद्दा पटक पटक स्थगित भएपछि परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७