काजकिस्तानमा प्रदर्शन जारी : प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन


२४ पुष २०७८, शनिबार
him

काठमाडौं । काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि सरकार झन कठोर बन्दै गएको छ । काजकिस्तान सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो ।

राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र नाराबाजी गर्दै आएका छन् । सो प्रदर्शनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले औंल्याएका छन् ।

सर्वसाधारणले विभिन्न शहरका सरकारी तथा निजी संरचना र भौतिक सम्पतिको तोडफोड र आगजनी गनै थालेसँगै सुरक्षाकर्मीले बल प्रयोग गरेको हो । यता, अमेरिका र रसियाले युक्रनसँगको तनाव कम गर्न आगामी हप्ता वार्ताको तयारी भइरहेका बेला मस्कोले काजकिस्तानमा सैन्य हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । रुसी सेनाको संलग्नता भएसँगै काजकिस्तानमा जारी रहेको हिंसा झन् बढ्न थालेको छ । हालसम्म सो हिंसामा दर्जनौ प्रदर्शनकारी र सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७