बारा कांग्रेस सभापतिमा बुढाथोकीको उम्मेदवारी घोषणा


२५ पुष २०७८, आईतवार
271435796 1278138302699358 4355975688491073405 n ilzhVMT8SU

बारा । नेपाली काँग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भु बहादुर, बुढाथोकी, रामानन्दयादव र राजेश राययादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सभापतिमा दावेदार शम्भु बहादुर बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाहमन्सुर, प्रदेश २ का उप-सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ । अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला र राजेश राय यादवलाई पूर्व केन्द्रिय सदस्य राधेचन्द्र यादवले साथ दिएका छन् । जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको दौडधुप बढेको छ । उनीहरुले जित्ने आ-आफ्नै दावी पेस गरेका छन् ।

उम्मेदवारमध्येका एक शम्भु बहादुर बुढाथोकीले बारामा काँग्रेस बढाएको, स्थानीय एवं संघिय सांसदको निर्वाचनमा पार्टीलाई विजयी गराउन अहम भूमिका निर्वाह गरेको दृष्टान्त पेश गरेका छन् । पार्टी जिल्ला संगठन विभागप्रमुख समेत रहेका बुढाथोकीले २०७० सालको संसदीय निर्वाचनमा एमाले नेता पुरुषोत्तमपौडेलसंग पराजित भएता पनि सानदार मत प्राप्त गरेका थिए । एमालेको लालकिल्लाको रुपमा स्थापीत निजगढमा उनको उदय पछि कांग्रसको दवदवा बढ्दै आएको स्थानीय बताउँछन् ।

अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न सक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफूले नेतृत्व लिन चाहेको बुढाथोकीले बताए । आगामी स्थानीय, प्रदेश एवं संघिय निर्वाचनमा बाराको सबै क्षेत्रमा पार्टीलाई विजयी बनाउन निर्भिक, निडर र निस्वार्थ रुपमाआफू अघि बढेको उनले बताए । अहिले नेपाली काँग्रेस बारालाई एकताबद्ध गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त रहेको बुढाथोकीको भनाई छ । जिल्ला संगठन विभाग प्रमुख भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उनको भनाई छ ।

व्यवसायी पृष्ठभूमिका बुढाथोकीको सामाजिक योगदानले समेत अन्य पार्टीका सदस्यहरु समेतले उनलाई मन पराउने गरेका छन् । उनलाइ जिल्ला सभापतिमाजिताउनकालागिबारा क्षेत्र नं. १ का सभापति तथा सिम्रौनगढका नगरपालिकाका प्रमुख विजयशंकर यादव, क्षेत्र नं.३ का सभापति प्रभात चौरसिया, प्रदेशसभा ४ क का सभापति सुमन भट्टराई, प्रदेश ४ ख का सभापति लोकश सिंह, मनीभुसन यादव तथा लालबाबु यादवसहित जिल्लाका प्रभावशाली नेताकार्यकर्ताहरुको साथ रहेको बताईन्छ । बारा सहित बाँकी रहेका १६ जिल्लाको अधिवेशन यही पुष २७ गतेलाई तोकेता पनि केन्द्रिय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै माघ १५ गतेलाई सारेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७