आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया शुरु, दरखास्त आह्वान


२५ पुष २०७८, आईतवार
oil nigam

काठमाडौं । सरकारले नेपाल आयत निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया शुरु गरेको छ । तीन वर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पौडेल बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । पौडेको कार्यकाल यही पुस २२ गते सकिएको थियो ।

कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । समितिले तोकेको योग्यता पुगेका इच्छुक आवदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । निगमको कार्यकारी प्रमुख बन्न निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीणर् गरेको तथा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ ।

इच्छुकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ ।

३५ वर्ष पूरा भएर ६५ ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । छनोट सूचीमा परेका उमेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतिकरण गर्नुपर्नेछ ।
हेर्नुस् सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७