२७ किलो गाँजासहित युवक पक्राउ


२७ पुष २०७८, मंगलवार
ganja 20211212083536

बागलुङ । बोरामा लुकाएर बिक्रीका लागि हिँडेको अबवस्थामा २७ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुकी जिल्ला प्रहरीको टोलीले गलकोट नगरपालिका-५को एक रेस्टुरेन्टमा खाजा खान लागेको अवस्थामा उक्त परिणामको गाँजासहित युवक पक्राउ गरेको हो । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-८ खोलाखर्कका २७ वर्षीय प्रकाश पाइजा रहेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरीको सादा पोसाकको टोली उक्त रेस्टुुरेन्टमा पुगेको थियो । उनको साथमा प्लास्टिकमा बेरेर बोरामा हालेको अवस्थाको गाँजा भेटिएको हो । गाँजासहित पक्राउ गरेर पाइजालाई प्रहरी हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय गलकोटले घटनाको अनुसन्धान गरिरहेको हवारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७