मृत्युदण्डको प्रतीक्षामा बसेका कैदीले भने, ‘विष होइन गोली खाएर मर्न चाहन्छौं’


२८ पुष २०७८, बुधबार
De1641919192

काठमाडौं । अमेरिकाको ओक्लोहोमास्थित एउटा कारगारमा मृत्युदण्डको प्रतीक्षामा बसेका दुई जना कैदीले आफूहरूलाई राज्यको कानुनअनुसार तीन वटा विषाक्त इन्जेक्सन दिएर भन्दा गोली हानेर मारेको भए खुशी हुने बताएका छन् ।

उनीहरूका वकिलले उनीहरूको अन्तिम इच्छाबारे सोमबार एकजना संघीय न्यायधिशलाई जानकारी गराएका छन् । उनीहरूलाई केही दिनभित्रै मृत्युदण्ड दिइँदैछ । डोनाल्ड ग्रान्ट र गिल्वर्ट पोसेलेले यसरी तीनवटा विषाक्त खोप दिएर मार्नु संवैधानिक हो कि होइन भन्नेबारे निणर्य हुनु अघिसम्म यसमाथि अस्थायी प्रतिबन्ध लगाइदिन अमेरिकी जिल्ला न्यायधीश स्टेफन फ्रियटलाई अनुरोध गरेका छन् ।

यदि प्रतिबन्ध लगाइएको खण्डमा उनीहरूको मृत्युदण्ड मिति पनि पर सर्नेछ । यससम्बन्धी निणर्यका लागि २८ फेब्रुअरीमा अदालतमा सुनुवाइ हुन लागेको छ । तर, ग्रान्ट र पोसेलेलाई क्रमशः २७ जनवरी र १७ फ्रेबुअरीमा मृत्युदण्ड दिइँदैछ । एपीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७