सहकारीको पाँच करोड हिनामिना प्रकरण : भण्डारी र ज्ञवाली कारागार चलान


२८ पुष २०७८, बुधबार
District court Dang1641981405

दाङ । दाङको राप्ती गाउँपालिका-८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतले किरण भण्डारी र रुकमाङगत ज्ञवालीसँग जनही ५०/५० लाख धरौटी माग गरेको छ । उनीहरू संस्थाका पदाधिकारीहरू हुन् ।

तर, तोकिएको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई पुर्पक्षका लागि जिल्ला कारागार घोराहीमा पठाइएको छ । उक्त सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल भने २५ लाख धरौटी बुझाएर तारेखमा रिहा भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए ।

गत साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी दुई लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । राप्ती गाउँपालिका-८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्लसहितका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना गरेको दाबीसहित २५ जनालाई प्रतिवादी बनाएर जाहेरी दिएका थिए । रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७