५० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पहिलो डोज

सक्रिय संक्रमितको संख्या साढे ११ हजार नाघ्यो, ५६ प्रतिशत काठमाडौंमा


२८ पुष २०७८, बुधबार
corona khop 1
फाइल फोटो

काठमाडौं । नेपालमा कूल जनसंख्याको ५०.५ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म पूर्ण डोज लगाउने ३७.८ प्रतिशत छन् । लक्षित जनसंख्याको ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूणर् डोज पाएका छन् । बुधबार २ लाख १४ हजार ५७ जनाले खोप लगाएका छन् ।

पुस २६ मा २ लाख १० हजार ५९४, २५ गते ४५ हजार ४९३, २४ गते २ लाख ४३ हजार ४६०, २३ गते २ लाख ६३ हजार ३७१, २२ गते ३ लाख १६ हजार ७७४ र २१ गते २ लाख ४६ हजार ३८५ ले खोप लगाएका थिए ।

khop balbalika 1 1

पुस १२ गते एकै दिन सबैभन्दा धेरै ५ लाख ६८ हजार ३१९ ले खोप लगाएपछि सरकारले दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो । पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूणर् नेपालीलाई खोप दिने सरकारको लक्ष्य छ । यो लक्ष्य हालसम्म बागमती र गण्डकी प्रदेशले हासिल गरेका छन् ।

सक्रिय संक्रमितको संख्या साढे ११ हजार नाघ्यो, ५६ प्रतिशत काठमाडौंमा
नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । संक्रमितमध्ये ६ हजार ६३२ जना अर्थात् ५६.७३ प्रतिशत सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् ।

काठमाडौंका तीन जिल्लामा आज मात्रै १ हजार ५३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म कोभिडका जम्मा संक्रमितको संख्या ९ लाख ३६ हजार ९६९ पुगेको छ भने संक्रमणका कारण ११ हजार ६०९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७