बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?


२९ पुष २०७८, बिहीबार
gold

काठमाडौं । साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७