कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित


३० पुष २०७८, शुक्रबार
adbl2021 02 03 08 40 31

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १५औं साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधरणसभामा वक्ताका रूपमा भाग लिएका सेयरधनीले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रमेशकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्दै सेयरधनीबाट प्राप्त सुझाबलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको बैंकले जनाएको छ । बैंकले हाल दुई सय ७९ शाखामार्फत सेवा दिइरहेको र नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७