गुन्डा नाइके लामाको पक्षमा कांग्रेसको जुलुस, विना शर्त रिहाको माग
काठमाडौं: गत बुधवार पशुपति भिजनमा हतियारसहित प्रहरीले पक्राउ गरेका गुन्डा नाइके गणेश लामाको रिहाइँको माग गर्दै काँग्रेसले राँके जुलुस निकालेका छन् । काँग्रेसले लामाको पक्षमा काभ्रेको गोदाम चोकबाट जुलुस निकालेको हो ।
प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भीडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार अहिले तनावग्रस्त देखिएको छ ।
प्रहरीले उनको साथबाट पिस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको थियो । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ । कांग्रेस काभ्रेले भने लामालाई विना शर्त रिहा गर्न माग गरेको छ ।