कोरोना रोकथामका लागि यस्तो छ सरकारद्वारा जारी एक महिने आदेश


१ माघ २०७८, शनिबार
deuwa cabinet

काठमाडौं । कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले कोरोना रोकथामका लागि एक महिने आदेश जारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी गरेको हो ।

आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने,२५ जनाभन्दा बढी भेला हुन नपाइनेलगायतका विषयलाई समेटेर आदेश जारी गरिएको हो । खोप अभियानलाई तीव्र पार्ने विषयमा निणर्य भएको एक मन्त्रीले बताए । ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ जारी गरीएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७