भारतमा एकै दिन दुई लाख ६९ नयाँ कोरोना संक्रमित थपिए


२ माघ २०७८, आईतवार
korona india 4

नयाँदिल्ली । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३० हजार ७८५ को वृद्धि भएको छ । हाल भारतमा १५.४२ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा सक्रिय संक्रमित पहिलो पटक १५ लाख पार पुगेको छ ।

यसअघि शुक्रबार २.६८ लाख जना संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल ३.७१ करोड संक्रमित भइसकेका छन् जसमध्ये ३.५० करोड निको भइसकेका छन् । हालसम्म ४,८६,०६१ जनाको मृत्यु भइसकेको छ । भारतमा १ जनवरीमा कूल सक्रिय संक्रमितको आँकडा १ लाख २२ हजार ८०१ थियो । यो हिसाबले १५ दिनमा नै कूल संक्रमितमा १२.५ गुणा वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७