बेइजिङमा पनि देखियो ओमिक्रोन


२ माघ २०७८, आईतवार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अपनाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदैछ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।

कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाए पनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफ बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७