खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खुल्ने


४ माघ २०७८, मंगलवार
Nepal Police

काठमाडौं : सरकारले खोप अभियान सञ्चालन गर्नका लागि माघ १५ गतेपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ। खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो ।

मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

यसअघि सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

बैठकले विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७