सत्य लेख्न थाल्यो भने अखबार बाँच्दैन : नोम चोम्स्की


६ माघ २०७८, बिहीबार
Noam Chomsky

नोम चोम्स्की अमेरिकी भाषाविद्, दार्शनिक, इतिहासकार, सामाजिक चिन्तक हुन् । अमेरिकी साम्राज्यवादको आलोचक उनको अर्को परिचय हो । चोम्स्की विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक मानिन्छन् । १० मध्ये ज्युँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन् । प्लेटो, अरिस्टोटलबाट सुरु हुने १० को सूचिमा चोम्स्की मात्रै जीवित छन् । उनी अहिले ९४ वर्षका भएका छन् । मिडियाको सन्र्दभमा पनि चोम्स्की सबैभन्दा पढिने चिन्तक हुन् । नोम चोम्स्की र इडवार्ड एस हरम्यानले सन् १९८८ मा प्रकाशित गरेको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट स् द पोलिटिकल इकोनोमी अफ द मास मिडिया’ले मिडियाले उत्पादन गर्ने विषयवस्तु पनि बजारका अन्य उत्पादनजस्तै नाफाका आधारमा हुने गर्छन् भन्ने निचोड प्रस्तुत गरेको छ । मिडियाको विषयमा चोम्स्की अन्तर्वार्ता :

उदार मिडियाको सिद्धान्तलाई तपाईं किन मिथक भन्नुहुन्छ ?
-म भन्दिनँ । बरु, मेरा साथी र सहकर्मी भन्छन् । मेरो विचारमा मिडिया, प्रमुख मिडिया, अझ भन्ने हो भने न्युयोर्क टाइम्सजस्ता मिडियालाई उदार भन्ने गरिएको छ । वास्तवमा, यहाँ उदार भन्नाले राज्यसत्ता, राज्य–हिंसा या राज्य–अपराधको घनघोर समर्थक भन्न खोजिएको हो । तथापि, म यो पनि अस्वीकार गर्दिनँ । उदार हुनुको अर्थ धेरथोर नागरिक अधिकार, सामाजिक कार्यक्रमको पक्षमा हुनु हो । जसलाई संसारका धेरै ठाउँमा समाजवादी प्रजातन्त्र भनिन्छ ।

तथाकथित उदार मिडियाले ती उद्देश्यअनुरूप काम गरिरहेको छ त ?
-केही हदसम्म गरेको छ । तर, उसको प्रधान प्रतिवद्धता भने शक्ति केन्द्रप्रति नै रहन्छ । चाहे, त्यो राज्य होस् या निजी क्षेत्र । जस्तो, अहिले अमेरिकाले नागरिक अधिकारमाथि घातक आक्रमण गरिरहेको छ । तर, उदार मिडियाले यसबारे केही बोलेका छैनन् । किनभने, आक्रमण ओबामा प्रशासनबाट भइरहेको छ ।

हाल अमेरिकाले गरिरहेका युद्धबारे संकेत गर्न खोज्नुभएको हो ?
-इराक आक्रमणको घोषणा हुनासाथ मिडियाले सरकारको प्रोपगान्डा एजेन्सी (प्रचार संस्था) का रूपमा काम गर्न थालिहाल्यो । भियतनाम युद्धमै पनि यस्तै भएको थियो । अहिले मिडियालाई उदार किन भनियो ? किनभने बाराक ओबामा उदार छन् । उनलाई इराक युद्धको सिद्धान्तवादी आलोचक ठानिन्छ ।

किनभने, उनले यसलाई रणनीतिक ब्लन्डर (महाभूल) भनेका थिए । त्यही थियो उनको उदारताको हद । रुसी अखबार प्राभ्दाका सन् १९८५ का अंकहरूमा पनि यस्तै टिप्पणी पढ्न पाइन्छ । रुसको अफगानिस्ता आक्रमणलाई रुसी जनताले पनि रणनीतिक महाभूल भनेका थिए । अझ, जर्मन सेनाका सहायक अधिकारीहरूले स्टालिनग्राडलाई पनि रणनीतिक महाभूल भनेका थिए । यस्ता टिप्पणीलाई सिद्धान्तमा आधारित आलोचना भनिँदैन ।

जर्ज अरवेलले एनिफल फार्मको भूमिकामा लेखेका छन् कि सर्वसत्तावादी शत्रुका अपराधमाथि उनले गरेको व्यंग्यमा ब्रिटिस जनताले धेरै सन्तुष्ट हुनु आवश्यक छैन । धेरैले उनको यो भूमिका पढ्न पाएका छैनन् । किनभने, त्यो छापिएन


तपाईंले एकपटक ‘सर्वसत्तावादका लागि हिंसा र लोकतन्त्रका लागि प्रोपगान्डा उस्तै हुन्’ भन्नु भएको थियो । जनतालाई राजनीतिक छनोटको क्षमताबाट वञ्चित गराएर उनीहरूका आकांक्षालाई क्षीण बनाउन प्रोपगान्डाले इलिट (सम्भ्रान्त वर्ग) लाई सक्षम बनाउँछ भन्न खोज्नुभएको हो ?
-प्रोपगान्डाको घोषित लक्ष्य नै त्यही हो । सन् १९२० तिर यसलाई हाकाहाकी प्रोपगान्डा भनिन्थ्यो । तर, यो शब्द १९३० को दशकमा नाजीवादको दुर्गन्धमा डुब्यो । त्यसैले, अहिले यसलाई प्रोपगान्डा भनिँदैन, जनसम्पर्क भन्न्छि ।

विशाल जनसम्पर्क उद्योगको लक्ष्य विचार र आस्था नियन्त्रण गर्नु हो । वाल्टर लिपम्यान जस्ता उदार टिप्पणीकारले भनेका थिए, ‘हाम्रो काम सहमति उत्पादन गर्नु र भीडलाई निर्णय प्रक्रियाबाट टाढा राख्नु हो ।’ लोकतान्त्रिक व्यवस्थामा हामी सहभागी हौँ भने उनीहरू निरीक्षणकर्ता । र, मिडिया तथा अन्य बौद्धिक वर्गको का चाहिँ जनता शान्त, नियन्त्रित र आज्ञाकारी भए/नभएको निश्चित गर्नु हो । यस मानेमा मिडिया उदार छ भन्ने कुरामा मलाई शंका छैन ।


त्यो संयन्त्र के हो जसमार्फत मिडिया सरकार र सम्भ्रान्त वर्गको बोली बन्न पुग्छ ?
-कुरा एकदम सरल छ । जर्ज अरवेलले एनिफल फार्मको भूमिकामा लेखेका छन् कि सर्वसत्तावादी शत्रुका अपराधमाथि उनले गरेको व्यंग्यमा ब्रिटिस जनताले धेरै सन्तुष्ट हुनु आवश्यक छैन । धेरैले उनको यो भूमिका पढ्न पाएका छैनन् । किनभने, त्यो छापिएन । उनले भनेका थिए– स्वतन्त्र इंग्ल्यान्डमा अस्वीकृत विचार बल प्रयोग नगरी दबाइन सक्छन्, स्वेच्छिक तरिकाले । उनको तर्क छ– प्रेस समृद्ध मानिसको मुठ्ठीमा हुन्छ जो केही निश्चित विचारलाई अभिव्यक्त नहुन् भन्ने चाहन्छन् । आधुनिक युगमा मिडिया कि ठूलो ‘कर्पोरेसन’ भएको छ कि मेगा कर्पोरेसनको अंग । अथवा, सरकारसँग जोडिएको छ । अर्को कुरा– ‘राम्रो शिक्षा’ प्राप्त गर्नुभयो भने तपाईंको मनमा ‘केही यस्ता कुरा हुन्छन् जसबारे बोल्नु लाभदायी हुँदैन’ भन्ने विचारले बास गर्छ ।

Noam Chomsky 1


जस्तो ?
-उदारहणका रूपमा, ‘राम्रो शिक्षा’ हासिल गर्नुभएको तपाईं भन्नुहुन्न– इराक आक्रमण ठीक त्यही खाले आपराधिक हिंसा हो जसका लागि नुरेमवर्गमा नाजी नेताहरूलाई झुन्ड्याएको थियो । इराक आक्रमणलाई तपाईं रणनीतिक ब्लन्डर भन्नुहुन्छ र रुसको कम्युनिस्ट पार्टीले पनि अफगानिस्तान आक्रमणलाई रणनीतिक ब्लन्डर भनेको थियो । उनीहरू दबाबमा थिए तर पश्चिममा यस्तो दबाब हुँदैन ।

बरु, पश्चिमाहरू त्यो बौद्धिक संस्कृतिका अगाडि स्वैच्छिक समर्पण गर्छन् जो असाध्यै साँघुरा सीमाभित्र रहन्छ र जसले विश्लेषण, रिपोर्टिङ र सरकार निन्दा निषेध गर्छ । अघिल्लो वर्षको अक्टोबर ५ को न्युयोर्क टाइम्सलाई नै लिऊँ । यसमा स्टेभेन लि मियर्स नामक राम्रो संवाददाताको लेख छ । मियर्स भन्छन्, ‘इराक साम्प्रदायिक द्वन्द्व, अव्यवस्थाजस्तो गम्भीर समस्यामा फँसेको छ र यी सबै लोकतन्त्रका परिणाम हुन् ।’ तर, म बिल्कुल असहमत छु । इराकको आजको हालतको जिम्मेवार केवल र केवल अमेरिकी आक्रमण हो । तर, तपाईं ‘असल शिक्षा’ प्राप्त गर्नुभएको मान्छेले यसो भन्न सक्दैन । अझ, सोच्न पनि सक्दैन ।


भनेपछि, मिडियाको संरचना आधारभूत रूपमा हाम्रो समाजको असमान संरचनाकै प्रतिविम्ब रहेछ ।
-हो, यसमा सत्ता–संरचनाकै प्रतिविम्ब छ । जसमा त्यति आश्चर्य मान्नुपर्दैन ।


यस्तो परिदृश्यमा तपाईंलाई लाग्दैन– सत्य बुझिनसक्नु हुन्छ ?
-न्युयोर्क टाइम्सको त्यही लेखको कुरा गरौँ । इराकमा विगत सात वर्षदेखि के भइरहेको छ । त्यसमाथि गम्भीरतापूर्वक ध्यान दिने जोसुकैलाई थाहा हुनुपर्छ– त्यहाँको साम्प्रदायिक द्वन्द्वका कारण लोकतन्त्र होइन, अमेरिकी आक्रमणपश्चात्का हस्तक्षेप र अत्याचार हुन् । तर, यी कुरा तपाईंले अखबारमा पढ्न पाउनुहुनेछैन । हरेक दिन तपाईं अखबार पढ्नुहुन्छ, टेलिभिजन हेर्नुहुन्छ । जनसंख्याको ठूलो हिस्सा जे पढ्छ, जे हेर्छ त्यसैमा अभ्यस्त हुँदैजान्छ । अध्ययन र अनुसन्धान गर्ने फुर्सद कसलाई हुन्छ र ?

Noam Chomsky 2


आज संसारभरि नै अखबार नपढ्ने, इन्टरनेट प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ । मान्छेले अखबारमा विश्वास गर्न छाडेका हुन् ?
-इन्टरनेटको जमानामा मिडिया बाँच्दैन भन्ने धेरै बहस भएका छन् । तर, मलाई मिडिया मर्ला भन्ने लाग्दैन । केही महिनाअभि म मेक्सिको गएको थिएँ । मेक्सिको गरिब राष्ट्र हो । त्यहाँको दोस्रो ठूलो अखबार हो– ला जार्नादा । यो असाध्यै गुणस्तरीय अखबार हो । यसले विज्ञापनै पाउादैन भने पनि हुन्छ । किनभने, यसलाई सरकारले घृणा गर्छ, व्यापारीले घृणा गर्छन् । ला जोर्नादा केवल पाठकका भरमा बाँचेको छ । अमेरिकाजस्तो धनी देशमा किन यस्तो हुन सक्दैन ? किनभने, मेक्सिकोमा जनता ला जोर्नादालाई विश्वास गर्छन् । मेक्सिकोका सडक–सडकमा ला जोर्दादा पढिरहेका मानिसहरू भेट्न सकिन्छ । ला जोर्नादाबाट धेरै कुरा सिक्न सकिन्छ ।

मैले भारत भारतमा तीन हप्ता र पाकिस्तानमा एक हप्ता बिताएको छु । पाकिस्तानमा मेरा एक मित्र इकबाल अहमदले भनेका थिए– भारतीय मिडियाभन्दा पाकिस्तानी मिडिया बढी खुला, स्वतन्त्र र जोशिलो छ । पाकिस्तानमा अंग्रेजी भाषा मिडिया जनसंख्याको एकदमै सानो हिस्सामा मात्रै पुग्छ । जति नै दमनकारी सरकार भए पनि उसले यति थोरै प्रभाव भएको मिडियामा हस्तक्षेप गर्नु जरुरी ठान्दैन ।

भारतमा मिडिया स्वतन्त्र छ । भारत सरकारसँग यसलाई नियन्त्रण गर्ने शक्ति छैन । तर, मैले भारतीय मिडिया सीमित, एकदमै साँघुरो र क्षेत्रीय भएको पाएँ । मलाई त्यति धेरै सूचनाप्रद लागेन भारतीय मिडिया ।


कर्पोरेटहरूको स्वामित्वमा रहेका अखबारभन्दा परिवारको स्वामित्व रहेका अखबार राम्रा हुन्छन्, हो ?
– यसै भन्न गाह्रो छ । मेक्सिकोका धनाढ्य सञ्चार लगानीकर्ता रुपर्ट मुर्डोकलाई नै लिऊँ । प्रेसको अधिकांश हिस्सा उनको स्वामित्वमा छ । त्यो राम्रो कुरा हो र ? राम्रो त लोकतान्त्रिक नियन्त्रणमा रहेको प्रेस हुन्थ्यो ।

यो लोकतान्त्रिक नियन्त्रण कसरी उत्पन्न गर्ने ? तपाईंले समुदायको स्वामित्व भएको मिडिया या समुदाय समर्थित मिडिया भन्न खोज्नुभएको हो ?
उन्नाइसौँ शताब्दीको अन्त्यतिर ब्रिटेन र अमेरिकामा साद साँच्चिकै प्रेस स्वतन्त्रता थियो । त्यतिबेला धेरै प्रकारका अखबार निस्कन्थे । अधिकांश अखबार कारखाना मजदुर, जनजाति र अरूले चलाउँथे । अखबारमा जनताको संलग्नता थियो । ती अखबार धेरैले पढ्थे पनि । तर, दुई कारणले ती अखबार समाप्त भए । पहिलो–कर्पोरेट जगतले अरूले प्रतिस्पर्धा गर्नै नसक्ने गरी आफ्नो अखबारमा धेरै लगानी ग-यो । र, दोस्रो–विज्ञापनदाताप्रतिको निर्भरता । विज्ञापनदाता व्यापारी हुन् । जब कुनै अखबार विज्ञापनदातामा निर्भर हुन्छ, अखबारले विज्ञापनदाताको स्वार्थ र हित हेर्नु स्वाभाविकै हो ।

न्युयोर्क टाइम्स सायद संसारको सबभन्दा ठूलो अखबार हो । न्युज होल अर्थात समाचार प्वाल यसको सिद्धान्त हो । त्यो भनेको विज्ञापन छापेपछि बाँकी रहेको भागमा समाचार छाप्नु हो

न्युयोर्क टाइम्स सायद संसारको सबभन्दा ठूलो अखबार हो । न्युज होल अर्थात समाचार प्वाल यसको सिद्धान्त हो । त्यो भनेको विज्ञापन छापेपछि बाँकी रहेको भागमा समाचार छाप्नु हो । विज्ञापनदाताप्रतिको निर्भरताले यस्तो अवस्था ल्याउँछ ।अखबारको भविष्य यस्ता कुराले निर्धारण गर्छन् । मान्नुस्, कुनै अखबारले सत्य प्रकाशित गर्न थाल्यो अथवा भन्न थाल्यो कि इराक आक्रमण इराकलाई ध्वस्त पार्ने आपराधिक करतुत थियो, त्यसको भविष्य के हुन्छ ? त्यस्तो अखबार या टीभी स्टेसनले विज्ञापन पाउन छोड्छ । र, त्यो बाँच्दैन । हामी फेरि जर्ज अरवेलले संकेत गरेको त्यस्तो बौद्धिक संस्कृतिमा पुग्छौँ जहाँ इलिट र विद्वानहरू मान्छन् कि केही कुरा यस्ता हुन्छन् जसबारे बोल्नु लाभदायी हुँदैन ।


(आउट लुक म्यागजिनको नोभेम्बर १ , २०१० अंकका लागि अजाज अस्राफ र अनुराधा रमनले लिएको अन्तरवार्ताको सम्पादित अंश )
अनुवादः विनोदविक्रम केसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७