लालबाबु पण्डितले घुसखोर कर्मचारीलाई खटाएको कार्यालयमा पठाउन सक्लान् ?


४ चैत्र २०७४, आईतवार
samanya pra 563x768 1

काठमाडौं, ४ चैत । सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाले प्रदेशमा सरुवा भएका कर्मचारीलाई तत्काल रमाना लिएर हाजिर हुन दिएको निर्देशन जनसम्पर्क हुने कार्यालय बैदेशिक रोजगार विभाग, यातायात कार्यालय, मालपोत कार्यालयका कर्मचारीले पालना गरेका छैनन् ।samanya pra 563x768 1

सचिव कोइरालाले प्रदेशमा सरुवा भएका कर्मचारीलाई ७ दिनको अल्टिमेटम दिंदै रमाना लिएर हाजिर हुन जानुपर्ने, नगए जागिरबाटै बर्खास्त गर्ने चेतावनी दियो । त्यो चेतावनी दिएको २२ दिन बितिसकेको छ । तर घुसखोर अड्डामा कार्यरत कर्मचारीले रमाना बुझेर सरुवा भएको कार्यालयमा नगई शक्तिकेन्द्र धाउने र सचिव कोइरालालाई दबाब दिने क्रम जारी राखेका छन् । सचिव कोइरालाले दबाब सुन्दै नसुनेपछि भ्रष्ट र घुस्याहा कर्मचारीले नयाँ फर्मूला प्रतिपादन गरेका छन् । आफू कार्यरत कार्यालयमा सही गर्ने कर्मचारी नभएको, आफू नभए कार्यालयको काममै असर पर्ने ब्यहोराको पत्र आफू कार्यरत कार्यालयको विभागका महानिर्देशक र मन्त्रालयका सहसचिव र सचिवलाई लेख्न लगाउन थालेका छन् । सचिव कोइरालाले शक्तिकेन्द्रको दबाब नसुनेपछि जनसम्पर्क हुने कार्यालयका रैथाने कर्मचारीले मन्त्रालयबाट कर्मचारी अभाव भएको भन्दै खटाएको ठाउँमा नजाने नयाँ जुक्ति निकाल्ने गरेका छन् ।
यस्तो जुक्ति निकालेर सामान्य प्रशासन मन्त्रालयको निर्देशन अवज्ञा गर्नेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयका कर्मचारी धेरै छन् । भूमिसुधार मन्त्रालयको २०७४ साउन २६ को कृषियोग्य जग्गा खण्डीकरण रोक्ने निर्णयलाई सर्वोच्च अदालतले फैसलामार्फत् सदर गरिसकेको अवस्थामा उपत्यकाका मालपोत कार्यालयहरुमा घुस लिंदै कित्ताकाट गरी देनिक लाखौं लाख रुपैयाँ घुस लिने गरेका मालपोत लगायत जनसम्पर्क हुने कार्यालयका कर्मचारीहरुले सरुवा भएको ठाउँमा नजानका लागि यो जुक्ति निकालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले पटक पटक ताकेता गरे पनि काठमाडौं उपत्यकाका जनसम्पर्क हुने कार्यालयमा कार्यरत कर्मचारीहरु अटेर गरी खटाएको प्रदेशमा हाजिर हुन गएका छैनन् ।
यसको ज्वलन्त उदाहरण हुन्–शाखा अधिकृत तथा चावहिल मालपोत कार्यालयका कामु प्रमुख बद्रीबहादुर कार्की । उनको सरुवा २ नम्बर प्रदेशमा भएको महिनौं बितिसकेको छ । उनी २०७४ चैत १ सम्म पनि खटाएको कार्यालयमा गएका छैनन् । सरकारले फागुन ८ गतेसम्म खटाएको कार्यालयमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने जानकारी दिएको थियो । बर्खास्त गर्ने चेतावनीलाई उनले अटेर गर्दै अहिले पनि कित्ताकाट गर्दै प्रतिआना १ लाख ५० हजार रुपैयाँ घुस लेनदेन गरिरहेका छन् । उनी सरुवा भएको कार्यालयमा नजानका लागि धेरै शक्तिकेन्द्र धाए । अख्तियारका आयुक्त सावित्री थापा गुरुङमार्फत् सचिव कोइरालालाई दबाब पनि दिए । तर सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालाले शक्तिकेन्द्रको दबाब नमानेपछि उनी सामान्य प्रशासन मन्त्रालयलाई उल्टै चावहिल मालपोत कार्यालयमा सही गर्ने कोही पनि अधिकृत नभएकाले सरुवा रोक्न पत्र पठाएका छन् । भूमिसुधार तथा ब्यवस्था विभागले कार्कीको चाहनामा सामान्य प्रशासन मन्त्रालयलाई चावहिल मालपोतबाट उनलाई सरुवा नगर्नका लागि पत्र पठाएको छ । भूमिसुधार तथा ब्यवस्थापन विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्य र मन्त्रालयका सहसचिव टीकाराम घिमिरेलाई दाम चढाएर उनले त्यस्तो पत्र लेख्न लगाएको समाचार छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा लालबाबु पण्डित मन्त्री भएपछि घुसखोर कर्मचारीलाई उनले के गर्ने हुन् हेर्न बाँकी छ ।

बद्र्रीबहादुर कार्की अधिकृत हुन् । तर उपसचिव प्रमुख हुने चावहिल मालपोत कार्यालयको कामु प्रमुखका रुपमा कार्यरत छन् । उपसचिवहरु पर्याप्त हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख दीप बस्नेतको दबाबमा उनी अधिकृत भए पनि कामु कार्यालय प्रमुख छन् । सरकारले कृषियोग्य जमिन कित्ताकाटमा रोक लगाएको छ । अदालतले पनि त्यो निर्णय सही ठहर गरिसकेको छ । तर मालपोत कार्यालय प्रमुख कार्कीले प्रतिआना डेढ लाख घुस लिएर धमाधम कृषियोग्य जग्गा कित्ताकाट गरिरहेका छन् । उनी मालपोत कार्यालय चावहिलमा सरुवा भएदेखि अहिलेसम्म पूँजीगत लाभकर छली र कित्ताकाटबाट दसौं करोड रुपैयाँ घुस असुली गरिसकेका छन् । २ नम्बर प्रदेशमा सरुवा भएपछि त दैनिक प्रतिआना डेढलाख रुपैयाँ घुस नआउने भएकाले उनी साम दाम जे जे गरेर भए पनि सरुवा रोक्न तल्लीन छन् ।
अख्तियारमा कार्यरत कार्की लामो समय मालपोत कार्यालयमा काम गरिसकेका र घुसले नै अरबपछि अधिकृतका रुपमा चिनिन्छन्् । उनीविरुद्ध परेका अकूत सम्पत्तिका उजुरी मिलाउन उनी केही बर्षअघि अख्तियारमा सरुवा भए । उजुरी मिलाइसकेपछि पुनः अख्तियारकै तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतलाई घुस दिएर राम्रो रकम बुझाएर उनी शाखा अधिकृत भए पनि कार्यालय प्रमुखको रुपमा सरुवा हुन सफल भएका हुन् । अख्तियारले नै भूमिसुधार मन्त्रालयलाई चावहिल मालपोत कार्यालयमा उपसचिव नखटाउन निर्देशन दिएको चर्चा हुने गरेको छ ।
चावहिल मालपोतमा कृषियोग्य जग्गा कित्ताकाट रोक लगाइसकेपछि पनि उनले अदालतको आदेश विरुद्ध धेरै जग्गा कित्ताकाट गरेका छन् । साविक गोठाटार गाविसको नक्सा नम्बर १०२–११९०–११ को एउटै प्लटिङको जग्गा कित्ताकाट गर्दा कार्कीले ३३ लाख रुपैयाँ घुस लिएको स्रोतले बताएको छ । उक्त कृषियोग्य जग्गा परिपत्रको उल्लंंघन हुनेगरी उनले कित्ताकाट गरेका छन् । गोठाटार एक उदाहरण हो, मन्त्रालयको परिपत्रपछि चावहिल मालपोत कार्यालयबाट सयौं कित्ता कृषियोग्य जग्गा अदालतको फैसलासमेत उल्लंघन गरी टुक्रा टुक्रा गरिएको छ । यसैगरी एउटै कित्तामा ३३ लाख घुस खान पल्किएका कार्कीले सरुवा रोक्न भूमिसुधार मन्त्रालयलाई नै प्रयोग गर्न सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७