दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली


१३ माघ २०७८, बिहीबार
1643253538 spotrs toli 1200x560 1

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ दोस्रो साता अफ्रिकी मुलुक मौरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार २ खेलका लागि समान २३ सदस्यीय २ वटा टोली घोषणा गरेका हुन् । १२ खेलाडीले दुवै टोलीमा स्थान बनाएका छन् भने ११/११ खेलाडीले भने १/१ टोलीमा मात्रै स्थान बनाएका छन् । एन्फाले दुई साता अघि ३४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।

नेपालले गत सताबाट बन्द प्रशिक्षण थालेको थियो। कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुका साथै दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट, आशिष लामा र विमल घर्तीमगरले माघ १५ र १८ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूणर् खेलका लागि दुवै टोलीमा स्थान बनाएका छन् ।

स्ट्राइकर विमल घर्तीमगरले लामो समय पछिनेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। त्यस्तै शनिबार हुने पहिलो खेलका लागि घोषित टोलीमा गोलकिपर दीप कार्की र टेकेन्द्र सिंह थापा, सुदीप गुरुङ, विशाल राई, मनीष डाँगी, दर्शन गुरुङ, सुनिल बल, नीतिन थापा, आकाश बुढामगर, कृतीश रत्न छुन्जु र जगजित श्रेष्ठ छन् ।

मंगलबार हुने दोस्रो खेलका लागि विशाल श्रेष्ठ, शत्रुघन कुमार चौधरी, पूजन उपरकोटी, नवीन गुरुङ, सुवास गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ टोलीमा समेटिएका छन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । मैत्रीपूर्ण खेलका लागि मौरिससको टोली सोमबार काठमाडौं आइसकेको छ ।

नेपालले पछिल्लो पटक भदौमा भारतविरुद्ध साफ च्याम्यियनसिपको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा भारतलाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भने पराजित भएको थियो । नेपालले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको नेपाल उपविजेतामा सीमित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७