नव निर्वाचित राष्ट्रियसभा सदस्यलाई माधव नेपालले दिए बधाई


१३ माघ २०७८, बिहीबार
madhav nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् ।

नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय सभामा विजयीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभामा पाँच जना विजयी भएका छन् ।

राष्ट्रियसभाको १९ पदको लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्र लक्ष्मी गैरे विजयी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७