इलाममा जीप दुर्घटना : दुईको घटनास्थलमै मृत्यु, एक जना गम्भिर घाइते


१३ माघ २०७८, बिहीबार
jeep accident rss ilam 20220127042548

इलाम । इलाममा आज (बिहीबार) विहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भइ सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।

मेची राजमार्गको रोङ गाउँपालिका-४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका-४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जीप चालक मेचीनगर-४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला समेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७