रकमै नभएको खाताको चेक दिएर साढे नौ लाख ठगी गर्ने पक्राउ


१३ माघ २०७८, बिहीबार
labraj SPJlWXoq6r

काठमाडौं । खातामा पर्याप्त रकम नभएको जानी जानी चेक दिएर ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-८ बस्ने वर्ष ४० को लबराज ओली छन् । ओलीले २०७६ वैशाख ४ गते ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास बैंक लिमिटेड) मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी ९ लाख ६३ हजारको चेक दिएका थिए ।
खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ फागुन २३ मा ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित प्रहरी टोलीले नुवाकोट शिवपुरी गाउँपालिका-६, गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७