जिम्बाबेका ब्रेन्डन टेलरमाथि आईसीसीले लगायो साढे ३ वर्षको प्रतिबन्ध


१५ माघ २०७८, शनिबार
brandon taylor Jw3n1MkssM

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भ्रष्टाचार र अवैध औषधि प्रयोगको आरोपमा जिम्बाबेका ब्रेन्डन टेलरमाथि साढे ३ वर्ष प्रतिबन्धको सजाय सुनाएको छ ।

जिम्बाबेका पूर्व कप्तान समेत रहेका टेलरले प्रतिबन्धित अवधिभर कुनै पनि फरम्याटको क्रिकेट खेल्न सक्ने छैनन् । आईसीसीका अनुसार टेलरले भ्रष्टाचार अन्तर्गत ४ र अवैध औषधि प्रयोगको १ मुद्दामा लागेको आरोप स्वीकार गरेका छन् । टेलरले एक भारतीय कारोबारीसँगको भेटमा कोकिन लिएको भन्दै आफूलाई ब्ल्याकमेल गरिएको बताएका छन् ।

उनले भारतीय सट्टेबाजले आफूलाई फिक्सिङको लागि मोटो रकम दिएको पनि बताएका छन् । उनले पैसा लिए पनि फिसिङ भने नगरेको बताएका छन् । अहिले लगाइएको प्रतिबन्धसँगै अब टेलरले सन् २०२५ जुलाई २८ पछि मात्र क्रिकेटसँग सम्बन्धित खेल खेल्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७