गैंडा मर्दा पक्राउ पुर्जी जारी गरिएपछि निर्माण व्यवसायी महासंघले जनायो आपत्ति


१५ माघ २०७८, शनिबार
Gaida1642944877

चितवन । सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध चितवन निकुञ्ज कार्यालयले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएको भए पनि अझै कोही पक्राउ परेका छैनन् ।

सडक विस्तार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीतका कुनै पनि कामकारबाही नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको पनि महासंघले दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७