स्थानीय तहको निर्वाचनबारे निर्णय लिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू


१५ माघ २०७८, शनिबार

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने जनाइएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भेटपछि गठबन्धन बैठक तय गरिएको थियो । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री सरकारी निवास (बालुवाटार) मा सुरु भएको हो । बैठकमा जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन् ।

एक नेताका अनुसार बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन कहिले गर्ने भन्ने हो । यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन् । त्यही सहमतिअनुसार शनिबार बस्ने गठबन्धनको बैठकले निर्वाचनबारे निणर्य गर्ने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७