आउँदो जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय


१५ माघ २०७८, शनिबार
gathabandhan.2022 01 29 06 31 25

काठमाडौं । पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानसँग बाँझिएका कानुनलाई संशोधन गर्ने तयारी गर्न पनि सुझाव दिएको छ । यसअघि तीन चरणमा भएको स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै संविधानसँग बाँझिएका कानुनलाई मिलाएर सरकारले जेठभित्र निर्वाचन सम्पन्न गर्ने कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७