नियम विपरीत सरकारी सम्पति निजी क्षेत्रलाई दिए कारवाही गर्छौ : शिक्षामन्त्री


१६ माघ २०७८, आईतवार
debendra

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राजधानीको केन्द्र केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन् ।

आइतबार केशर पुस्तकालयको अवस्थाको निरीक्षण गर्दै मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन निजी प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले कुनै पनि प्रकारको निजी प्रयोजनका लागि शिक्षा मन्त्रालय मातहको भौतिक सम्पत्ति प्रयोग गर्न नदिइने उल्लेख गरे । उनले नियम विपरीत सरकारी सम्पति निजी क्षेत्रलाई दिइए कारवाही गर्ने समेत बताए ।

मन्त्री पौडेलले मन्त्रालय मातहतको भौतिक सम्पत्ति कतै व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याइने पनि बताए । उनले भूकम्पबाट क्षति भएको पुस्तकालयको ६ महिनाभित्र पुनर्निर्माण हुने दाबी समेत गरे । तोकिएको समयभित्रै पुनर्निर्माण गर्न निर्देशन दिइएको उनले जानकारी दिए । अनुगमनका क्रममा मन्त्री पौडेले ऐतिहासिक वस्तुको संरक्षण गरी पुनर्निर्माण गर्न पनि निर्देशन दिएका थिए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ । पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूणर् सामग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहार समेत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७