सूचीकृत प्रयोगशाला बाहेकलाई कोरोना परीक्षण नतिजाको जानकारी गराउन निर्देशन


१६ माघ २०७८, आईतवार
health

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अद्यावधिक विवरण पठाउन आग्रह गरेको छ । सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै विभिन्न संघ-संस्था तथा नियोगहरूलाई मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रयोगशाला बाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउनुपर्ने ढाँचामा उल्लेख छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जारी गरेको ढाँचामा भनिएको छ, ‘नेपालमा हाल ओमिक्रोन भेरिएन्ट सहितको कोभिड-१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितहरुको एकिन तथ्यांक प्राप्त हुनु अपरिहार्य हुन्छ । यसै सन्दर्भमा संथागत, सूचीकृत प्रयोगशालाहरुबाहेक पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण हुने गरेकाले, यसरी प्रयोगशाला बाहिर गरिएका कोरोना परीक्षणको नतिजाको जानकारी सरकारी निकायहरुलाई हालसम्म पनि जानकारी नगराउनुभएका संघ, संस्था, निकाय, नियोगहरुले परीक्षणको नतिजा ढाँचाको फर्मेटमा इमेल तथा कल सेन्टरको निःशुल्क नम्बरमा पठाउनु हुन अपिल गरिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७