बलात्कार आरोपमा म्यानचेस्टर युनाइटेडका खेलाडी पक्राउ


१७ माघ २०७८, सोमबार
Greenwood X2cFMX9S1m

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवुड बलात्कारको आरोपमा पक्राउ परेका छन् । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार सामाजिक सञ्जालमा एक महिलाले ग्रीनवुडले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै फोटो तथा भिडियो पोस्ट गरेकी थिइन् ।

प्रहरीले यस विषयमा थप अनुसन्धानका लागि भन्दै ग्रीनवुडलाई पक्राउ गरेको हो । उनी अहिले प्रहरी हिरासतमै रहेको र अनुसन्धानको काम चलिरहेको प्रहरीले बताएको छ । यसअघि म्यानचेस्टर युनाइटेडले एक सूचना जारी गर्दै ग्रीनवुड अर्को सूचना जारी नहुँदासम्म प्रशिक्षणमा नआउने बताएको थियो ।

क्लबले आफूहरु कुनै पनि किसिमको हिंसाको समर्थन नगर्ने र सत्यतथ्य बाहिर नआउँदासम्म यस विषयमा थप प्रतिक्रिया दिन नसकिने बताएको छ । ग्रीनवुडले भने आफूमाथि लागेको आरोपबारे मुख खोलेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७