यमनमा हुथी लडाकुले भर्ती गरेका दुई हजार बालसेनाको युद्धमा मृत्यु : राष्ट्रसंघ


१७ माघ २०७८, सोमबार
Houthi1639239217

काठमाडौं । संयुक्त राष्ट्र संघका विज्ञहरूले हालै प्रकाशित गरेको एक प्रतिवेदनमा यमनको हुथी लडाकुहरूद्वारा भर्ती गरिएका करिब दुई हजार बालसेनाको युद्धमा मृत्यु भएको तथ्य उल्लेख गरिएको छ ।

इरान समर्थित हुथी समूहका ती बालसेनाको सन् २०२० को जनवरीदेखि २०२१ को मे सम्मको युद्धमा ज्यान गएको बताइएको छ । हुथीले बालसेना भर्तीलाई प्रोत्साहित गर्न अझै पनि शिविरहरू खडा गर्दै तालिम सञ्चालन गरिरहेका छन् ।

शनिबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेस गरिएको यस प्रतिवेदनमा विशेषज्ञहरूले आफूहरूले बालबालिकालाई सेनामा भर्ती गर्न हुथी लडाकुहरूले सिद्धान्त प्रचार प्रसार गरिएका द्यिालयहरूस्थित शिविरहरू र एउटा मस्जिदको स्थलगत अनुगमन गरेको जनाएका छन् ।
सात वर्षदेखि हुथी लडाकु समूह साउदी अरेबियाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौज समर्थित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारविरुद्ध युद्ध गर्दै आइरहेको छ ।

चार सदस्यीय विशेषज्ञ टोलीले ती कलिला बालबालिकालाई ’अमेरिका मुर्दावाद’ ’इजरायल मुर्दावाद’ ’यहुदीको अन्त्य होस्’ ’इस्लामको जय होस्’ जस्ता नाराहरू लगाउन सिकाउने गरिएको र एउटा शिविरमा सात वर्षीय बालकलाई समेत हातहतियार सफा गर्न र रकेट प्रहारबाट छल्न सिकाइरहेको भेटिएको बताएको छ । एपीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७