स्थानीय तहकाे निर्वाचन मिति तत्काल घोषणा गर्न एमाले महासचिवको दबाब

एमाले अखिलले दबावमूलक आन्दोलन गर्ने


१७ माघ २०७८, सोमबार
shankar pokhrel 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन गर्ने मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन- २०७३ को व्यवस्थाबमोजिम चुनाव गर्न सत्ता गठबन्धनलाई दबाब दिएका हुन् । उनले भनेका छन्, ‘निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन- २०७३ को प्रबन्धअनुसार स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर ।’

एमाले अखिलले दबावमूलक आन्दोलन गर्ने
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति तोक्नु पर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनअन्तर्गत आज (१७ माघ) अखिलका देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै छन् । त्यसैगरी देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राखिने छ ।

१८ माघसम्म स्थानीय तहको निर्वाचन घोषणा नगरे सरकारका मन्त्री सहभागी कार्यक्रममा कालोझन्डा देखाउने कार्यक्रम तय गरिएको अखिलकी अध्यक्ष सुनिता बरालले बताइन् । यस्तै १९ माघमा संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीमा कानुनविद्को उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम एमाले अखिलले तय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७