काठमाडौंको एउटै रेन्टुरेन्टबाट अनलाइन जुवा खेलाउने ७४ जना एकैपल्ट पक्राउ


१७ माघ २०७८, सोमबार
kdafmkdmg1643606163

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने/खेलाउने ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपल्ट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् ।

दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए । सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिए ।

काठमाडौंमा एकैदिन अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ परेको यो पहिलोपटक हो । उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७