त्रिभुवन विमानस्थलबाट झण्डै एक करोडको अवैध सुन र मोवाइलसहित तीन जना पक्राउ


२० माघ २०७८, बिहीबार
sun mobile 8UTNdoUT0C

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोडको अवैध सुन र मोवाइलसहित तीन जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका गौर नगरपालिका-१०, रौतहटका ३२ वर्षीय मनहरी-७, मकवानपुरका नवराज परियार र भोटेकोसी-३, सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट एक किलो १५५ ग्राम सुन बरामद गरेको हो ।

उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको एक किलो १५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ । त्यस्तै साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद भएको छ ।

परियारको साथबाट एक लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरका सुनका औंठी र सिक्री बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७