स्पेनिस कोपा डेल रेबाट बाहिरियो रियल, एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा


२१ माघ २०७८, शुक्रबार
Real madrid athletic bilbao 7TUu3Sbyjf

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १-० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो ।

योसँगै एथ्लेटिक बिल्बाओ भने कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई जिताउन खेलको ८९ औं मिनेटमा एलेक्स बेरेन्गुएरले निणर्ायक गोल गरे ।

यससँगै एथ्लेटिक बिल्बाओ एकै सिजनमा रियल मड्रिड र बार्सिलोनालाई कपबाट आउट गर्ने दोस्रो टोली बनेको छ । यअघि रियल जारागोजाले पनि यी दुवै टोलीलाई एकै सिजनमा कपबाट बाहिर पुर्‍याएको थियो । एथ्लेटिक बिल्बाओसँगै भ्यालेन्सिया, रियल बेटिस र रायो भोलकानो पनि स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७