भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध


२१ माघ २०७८, शुक्रबार
Snowfall at Khodpe Bajar Baitadi 3

बागलुङ । बिहीबार रातिदेखिको अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ-बुर्तिबाङ-निसीखण्ड अवरुद्ध भएको छ ।

निसीखोला गाउँपालिका- ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको निसीखोला गाउँपालिका- ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण दैनिक काममा निस्कन र पशुचौपायाँलाई घाँस-दाना खुवाउन कठिनाइ भएको छ । हिउँले उच्च पहाडी क्षेत्र छपक्कै छोपेको छ ।

मध्यपहाडी लोकमार्गको बाग्लुङ घोडाबाँधेदेखि बुर्तिवाङ खण्डको ठाउँठाउँमा हिमपात भएको छ । हिमपात भएसँगै मध्यपहाडी लोकमार्गको बाग्लुङ-घोडाबाँधे खण्डमा हिउँ खेल्न जानेहरूको भिड लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७