धादिङमा टिपर र भ्यान जुध्दा आमा-छोराको मृत्यु


२१ माघ २०७८, शुक्रबार
Accident mugling

धादिङ । मुग्लिन-नारायणगढ सडकखण्डमा आज सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मुग्लिन-नारायणगढ सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा सवारी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका-१ की नीशा वली ढुङ्गाना र उनका नौ वर्षीय छोरा निमेश ढुङ्गाना रहेका छन् । मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र मुग्लिनतर्फ आउँदै गरेको लु २ ख १७०१ नम्बरको टिपरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

निमेशको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका-३ की धीरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी-१ का राजकुमार ढुङ्गानाको अवस्था मध्यम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७