१८ करोड २७ लाख राजश्व छली अभियोगमा चार जनाविरुद्द मुद्दा


२१ माघ २०७८, शुक्रबार
rajaswa anusandhan

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ब्रिङ मिडिया डिष्ट्रिव्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्युसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजश्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले स्टार इण्डिया प्रालि भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रालि भारतका प्रोपाइटर अञ्जली अरोराविरुद्ध पनि मुद्दा दायर गरेको हो । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्द १८ करोड २७ लाख ८३ हजार ७५२ रुपयाँ राजश्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७