२०७८ माघ २२ गते शनिबारको तपाईको राशिफल


२२ माघ २०७८, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनु पर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूणर् बोलीले सङ्कल्पसिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निणर्य लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । कला साहित्य तथा संगीतमा रुचि बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्वपूणर् कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७