सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया शुरु


२२ माघ २०७८, शनिबार
APF Headquater

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ । सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७