कपिलवस्तुको कृष्ण नगरपालिकाका नगर प्रमुख नेपाली कांग्रेसमा प्रवेश


२२ माघ २०७८, शनिबार
Rajatpratap Shah Chandrauta Nagar pramukha

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
२०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।

यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि माओवादीमा प्रवेश गर्ने चर्चा रहेका उनी त्यसयता मौन रहँदै आएका थिए । शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए । उनको प्रवेशले पार्टीलाई थप बलियो बनाउने काँग्रेस सभापति पुनले बताए । शाह त्यस क्षेत्रका सांसद अभिषेक प्रताप शाहका काका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७