दाङमा ‘पेस्तोल’ ताक्दै हिंड्ने सात युवक पक्राउ


२३ माघ २०७८, आईतवार
dang 7 pakrau 7s3Yw9mDBc

दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-३ भ्युडरस्थित खाली गोठबाट उनीहरू पक्राउ परेका हुन् ।

मादक पदार्थ खाई पेस्तोल आकारको आगो बालेर स्थानीयलाई तर्साउने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ निवासी २५ वर्षीय सन्तोष बस्याल, सोही वडा निवासी १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, वडा नं ६ निवासी २१ वर्षीय केतु ओली र वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत छन् । प्रहरीले उनीहरूको साथबाट तीन थान हसिँया, बन्चरो एक थान, खुडा एक थान र लाइटर एक थान बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७