बालुवाटार बैठकमा एमालेको ‘बटमलाइन’ : संसद खुलाउन पहिला सभामुखको बहिर्गमन


२३ माघ २०७८, आईतवार
kp oli prachanda deuba esDOtptr5h

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी तीन दलको बैठक सकिएको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ को बैठक सकिएको हो ।

बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन मिति, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा कुरा भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सत्ता गठबन्धनमा एकमत हुनुपर्ने कुरा राखेका थिए । त्यसपछि मात्रै प्रतिपक्षले आफ्नो ठोस धारणा ल्याउने पनि उनले बैठकमा बताएका थिए ।

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो । सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन भएको बैठकमा एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ ।

‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौं । हाम्रो मुद्दाहरूलाई सम्बोधन गरोस् । १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौं’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘सांसदहरुबाट मात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नु पर्छ हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले राखेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७